|

काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी एरोनेट प्रालिका कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले आपत्ति जनाएको छ।

आइस्पानले विज्ञप्ति जारी गर्दै एरोनेटका कर्मचारीहरुलाई ज्यान मार्ने सम्मको धम्की घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

‘केही समय अगाडि एरोनेटका कर्मचारीको कार्यक्षेत्रमा इलेक्ट्रीक शकका कारण दुर्घटना हुदाँ भएको क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाए पनि कर्मचारीका आफन्तले कानुन विपरित नाजायज माग राखेको थियो’ विज्ञप्तिमा भनिएको छ,‘हुलहुजत गरी एरोनेटको भक्तपुर कार्यालयमा तालाबन्दी गरेर इन्टरनेट सेवा अवरुद्ध भएको थियो।’

एरोनेटले क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाउँदै गर्दा दुर्घटनामा परेको दुरसञ्चार ऐनलाई समेत चुनौति दिने यस किसिमको गैरकानुनी क्रियाकलाप तत्काल रोक्न आइस्पानले जनाएको छ। आइस्पानले गैरकानुनी कदम चाल्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रशासनसँग आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.