|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका उपाध्यक्ष वामदेव गौतमबीच  बालुवाटारमा भेटघाट भएको छ।

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतम प्रधानमन्त्रीलाई भेट्न बिहीबार साँझ बालुवाटार पुगेका हन। उनीहरु बालुवाटारमा सँगै खाना खाएको तस्बिर प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक गरेका छन्। 

भेटमा सचेतक भट्टराई, कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि थिए।  भट्टराईका अनुसार प्रधानमन्त्री र गौतमले एक्ला-एक्लै लामो छलफल गरेका थिए। 

पार्टी विवादका विषयमा भने उनले कुनै प्रतिक्रिया नदिएको भट्टराईको भनाइ छ।  बरू प्रधानमन्त्री ओली र आफ्नो सम्बन्ध अथ्र्याउनतिर लागे।

भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्, ‘केपी ओली देशको प्रधानमन्त्री हो। नेकपा (एमाले) को अध्यक्ष हो तर, उहाँसँग मेरो सम्बन्ध पदका कारणले बनेको होइन। जमाना देखिको हो अटुट रहिरहनेछ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.