|

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। भोलिका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो।

पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने उनका सहयोगी भानु देउवाले जानकारी दिए। बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको उनले बताए।

सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन, समसामयिक राजनीति तथा राष्ट्रियसभाको आगामी उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल गरिने बताइएको छ। तीनै एजेण्डाहरूमा आजको बैठकमा सहमति जुटाएर केन्द्रीय कार्यसमितिमा पेश गर्ने गरी पदाधिकारी बैठकमा छलफल गर्न लागिएको हो।

कांग्रेसले भदौमा हुने पार्टीको १४औँ महाधिवेशनका लागि नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरेको छ। त्यस्तै‚ क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी कार्यसहित जिल्लाको प्रतिवेदन वैशाख १७ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्ने मिति तोकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.