|

बझाङ : सदरमुकाम चैनपुर पानकोटमा सेती नदीमाथि मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।

पुल बनेपछि सेती नदी पारी रहेका स्थानीबासीलाई आवतजावतमा सहज हुनुका साथै गाउँघरमा उत्पादित सामान बजारसम्म पुर्‍याउन र अन्य निर्माणका सामाग्री ढुवानी गर्न समेत सजिलो भएको जयपृथ्वी नगरपालिका वडानम्बर १ का वडा अध्यक्ष गगन बहादुर सिंहले बताए। उनले भने, 'कैलाश स्वास्थ्य चौकीमा आएको एम्बुलेन्स समेत पुल नभएका कारण सदरमुकाम चैनपुरमै राख्नुपर्ने र बिरामीलाई बोकेर ल्याउनुपर्ने अवस्था थियो। अब ती समस्याको अन्त्य हुँदैछन्‌।' 

७० मिटर लम्बाई रहेको उक्त मोटरेबल पुल निर्माणको काम सकिएपनि आफूले २०७७ पुस १५ गतेभित्र पाउनुपर्ने रकम भुक्तानी नपाउँदा र घटिघटाउमा काम गर्दा ढिलाई भएको निर्माण कम्पनी इलाइट कन्ट्रक्सनका प्रतिनिधी कपिल राईले बताए।

शुरूको चरणमा २०७२ साल बैशाख ८ गते निलगिरि र जागृति निमार्ण सेवाले संयुक्त रूपमा पुल निमार्णको जिम्मा पाएका थिए। डिजाइन इस्टिमेटमा त्रुटि भएका कारण पुल निमार्ण हुन नसकेको निमार्ण कम्पनीको जानकारी दिएको थियो। बीचको पिलरका लागि खाल्डो खन्दा ढुंगा भेटिएको भन्दै निमार्ण कम्पनीले काम गर्न नसक्ने जनाएको थियो।

यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्सन प्रालिसँग करिब ९ करोडमा रुपैयाँमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.