|

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दैजाँदा पनि मास्क नलगाउनेहरुमाथि काठमाडौं प्रहरीले कडाई गर्न थालेको छ।

मास्क नलगाउनेलाई प्रहरीले सोमबार बिहानबाट नियन्त्रणमा लिन थालेको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक बहादुर सिंहले मास्क नलगाउने करिव एक हजार पाँच सय बढीलाई नियन्त्रणमा लिएको जानकारी दिए। नियन्त्रणमा लिएकाहरुलाई आधा घण्टा होल्ड गरेर मास्क लगाउन लगाएर छोड्ने गरेको सिंहले बताए।

‘कोरोनाले महामारीको रुप लिइसक्दा पनि मास्क नलगाएर हिँड्नेलाई सचेत गराउन प्रहरीले अभियान थालेको हो’ सिंहले भने,‘यस्तो महामारीमा पनि हेलचेक्य्राइँ गर्दा व्यक्ति आफू पनि जोखिममा पर्ने र अरुलाई पनि जोखिममा पार्ने भएकाले मास्कमा कडाइ गरिएको हो।’ अटेरी गर्दै मंगलबारबाट मास्क नलगाउनेलाई जरिवाना गर्ने सिंहले बताए।

परिसरले ‘तपाइको मास्क खै ?’ लेखेर प्लाकार्डसहित सडकमा प्रहरी परिचालन गरेको छ। यस्तै ट्राफिक प्रहरी महाशाखाले ‘मास्क प्रयाेग गराैं’ लेखेर प्लाकार्ड बोकेर प्रहरी परिचालन गरेको छ। ति प्रहरीले पैदल यात्रु र सवारी साधनमा मास्क प्रयोग भए नभएको अनुगमन गर्छन्। मास्क नलगाउनेलाई सचेत गराउने तथा अटेरी गर्नेलाई कारबाही समेत गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.