|

पर्वत : गण्डकी प्रदेशमा सोमवार थप एक सय एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएका विज्ञप्तिमा योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या १७ हजार ८ सय एक पुगेको छ।

निर्देशनालयद्वारा जारी सोमबारको दोस्रो विज्ञप्तिअनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ जनामा सङ्क्रमणको पुष्टि भएको छ। उनीहरू हुप्सेकोट गाउँपालिकाका दुई जना, कावासोती नगरपालिकाका दुई जना, देवचुली नगरपालिकाका दुई जना, गैँडाकोट नगरपालिकाका तीन जना र मध्य विन्दु नगरपालिकाका तीन जना रहेका छन्।

यस्तै तेस्रो विज्ञप्तिमा विभिन्न चार जिल्लाका ५२ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ। उनीहरू कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका ४३ जना सहित पर्वतको कुस्मा नगरपालिका वडा नं ६ र ११ का पाँच जना, तनहुँको भिमाद नगरपालिकाका दुई जना र म्याग्दीको बेनी नगरपालिकाका दुई जना छन्।

निर्देशनालयद्वारा जारी गरिएको चौथो विज्ञप्तिमा पाँच जिल्लाका ३७ जनामा सङ्क्रमणको पुष्टि गरिएको छ। थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिकाको विभिन्न वडाका २६ जना, म्याग्दीको रघुगंगा गाउँपालिकाका एक जना, बेनी नगरपालिकाका दुई जना, तनहुँको भिमाद नगरपालिकाका एक जना, शुक्लागण्डकी नगरपालिकाका दुई जना,  स्याङ्जाको भिरकोट नगरपालिकाका तीन जना र लमजुङको मध्यनेपाल नगरपालिकाका दुई जना छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.