|

म्याग्दी : कोरोना भाइरस संक्रमण बढेपछि म्याग्दीका सम्पूर्ण शैक्षिक संस्था १४ दिन बन्द हुने भएको छ। 

समुदाय स्तरमा संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सोमवार साँझ बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको आकस्मिक वैठकले बैशाख १५ देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

म्याग्दीका प्रमुख जिल्ल अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोना रोगथामका लागि हाललाई विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। विद्यार्थी र शिक्षकलाई रुघाखोकी र ज्वरो देखिएपछि बेनी अस्पतालमा परीक्षण गर्दा एक निजी र एक सामुदायिक विद्यालयका एक शिक्षक र तीन विद्यार्थीमा संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी सोमवार सम्पन्न आकस्मिक बैठकले जिल्लाका ६ वटै स्थानीय तहले कोरोना भाइरसको परीक्षण दर बढाउने, बेनी नगरपालिकाको अगुवाइमा कोरोना अस्पताल व्यवस्थापन गर्ने, २५ जनाभन्दा बढी भेला हुन नदिने, विवाहमा बाजा बजाउन नपाइने र पूजापाठमा सीमित व्यक्ति मात्र उपस्थित हुने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.