|

गुल्मी : देशभर कोरोनाको संक्रमण बढेसँगै सरकारले भौतिक उपस्थितिमा हुने सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि गुल्मीका केही विद्यालयहरू भने परीक्षा सञ्चालन भइरहेका छन्। केही विद्यालय भने बन्द छन्।

कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रू रू क्षेत्र, इश्मा‚ मालिका गाउँपालिका र मुसीकोट नगरपालिकाले सबै परीक्षा स्थगित गरी विद्यालयहरू बन्द गरेको गाउँपालिकाले जनाएको छ। तर‚ धुर्कोट गाउँपालिकाले भने परीक्षा सञ्चालन गरिरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले  गाउँपालिकाभित्रका विद्याालयहरूमा परीक्षा चलिरहेकाले बैशाख १७ गतेसम्म सम्पन्न गर्ने बताए।

यस्तै‚ छत्रकोट गाउँपालिकाले बुधबारदेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ। बुधबारबाट कक्षा ८ बाहेकका कक्षाका परीक्षा सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा शाखाका रोमनाथ कँडेलले बताए। कक्षा ८ को भने बैशाख १९ गतेदेखि सञ्चालन गर्ने उनको भनाइ छ। यस्तो माहामारीको बेलामा परीक्षा सञ्चालन नगरौ भन्दा पनि गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले गर्ने भनेपछि बाध्य भएर परीक्षा लिन लागेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए।

गुल्मीदरबार र मदानेको बैठक बस्दै

शैक्षिक संस्था बन्दा गर्ने कि नगर्ने भन्ने विषयमा गुल्मीदरबार र मदाने गाउँपालिकाको कार्यपालिकाको बैठक बस्दै छ। गुल्मीदरबार गाउँपालिकाले एक साता बन्द गर्न सक्ने गाउँपालिकाका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए।

मदाने गाउँपालिकाको कार्यपालिकाको बैठक बसिरहेको र केही निर्णय लिइने उपाध्यक्ष सरिता खडकाले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.