|

काठमाडौं :  कर्णाली प्रदेशको राजधानी सुर्खेतको कालागाउँ प्रदेश अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।

अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेल अनुसार ​भेरिगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको निधन भएको हो।

भेरिगंगाका विरामी वैशाख ५ र वीरेन्द्रनगरका विरामी वैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.