|

काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर  इन्डियन प्रिमियर लिग आईपीएलको  शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेलेपनि दिल्लीलाई जित दिलाउन सकेनन् । कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे। यस्तै मार्कुस स्टोनिसले २२ रन जोड्दा पृथ्वी शले २१ रन बनाए। बैंगलोरका हर्सल पटेलले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले।  दिल्लीका इशान्त शर्मा,कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १र१ विकेट लिए।

जितसँगै शीर्ष स्थानमा उक्लिएको बैंगलोरले लिगमा पाँचौं जित निकालेको छ । बैंगलोरले ६ खेलमा १० अंक जोडेको छ । दिल्ली ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा आज चेन्नाई सुपर किङ्स र सनराइजर्स हैदराबादबीच खेल हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.