|

दैलेख : कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका कर्णालीका तीन मन्त्रीले मंगलबार पुनः शपथ लिएका छन्। उनीहरूले बुधबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ लिनेहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कुर्मराज शाही रहेका कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चारजना सांसदमध्ये तीन जनालाई वैशाख चार गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरेका थिए। एमालेले ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्रीलाई मतदान गरेका चारजना सांसदलाई पार्टीबाट निष्कासन गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.