|
Photo : enterprise.com

काठमाडौं : नेपाल राष्ट्र बैंकले सवारीसाधनसम्बन्धी कर्जा (हायरपर्चेज) मा कडाइ गरेपछि सवारीसाधन बिक्रीमा त्यसको प्रत्यक्ष असर पर्न थालेको छ।

नयाँ नीतिपछि सवारीसाधन बिक्री करिब दुई तिहाईले घटेको तथ्याङ्कले देखाएको छ। राष्ट्र बैंकले गत महिनादेखि सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ।

गत आर्थिक वर्ष (२०७२/०७३) को फागुनमा वाग्मती अञ्चलमा दैनिक औषत ९३ वटा कार बिक्री भएकोमा चालू आव (२०७३/०७४) मा भने जम्मा २९ वटामात्र कार बिकेको तथ्याङ्क छ। गत वर्षको फागुनमा २ हजार ७ सय ८६ वटा कार वाग्मतीमा दर्ता भएको थियो। 

चालू आवको सोही महिनामा जम्मा ८ सय ७६ वटामात्र कार, जीप तथा भ्यान दर्ता भएको छ। बैंकमा लगानीयोग्य रकम अभाव भएको र त्यसमा पनि राष्ट्र बैंकले कडाइ गरेपछि निजी सवारी दर्तामा उल्लेख्य कमी आएको हो।

फागुनमा निजी सवारी बिक्री घट्नुमा राष्ट्र बैंकले सवारी कर्जामा लगाएको ५० प्रतिशतको सीमासमेत कारक रहेको बिक्रेताहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.