|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर बन्न आग्रह गरेका छन्। नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु, अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभाव भई उपचारमा गम्भीर समस्या पैदा भइरहेको अवस्थामा सरकारलाई ध्यानाकर्षण गराएका हुन्। 

'डाक्टर तथा स्वास्थ्यकर्मीहरूले उपचारमा महत्त्वपूर्ण भुमिका खेलिरहेको भए पनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरू सक्रिय बनाउनुपर्ने आवश्यक छ।्् देशका कतिपय अस्पतालमा ओपिडी सेवा समेत बन्द रहेका छन् यो अवस्थामा म सरकारको गम्भीर ध्यानाकर्षण गर्दै निम्न कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्दछु' उनले फेसबुकमा लेखेका छन्। 

सुझावहरु

१) देश भरका सरकारी तथा नीजि सबै अस्पताल संग भएको उपचार क्षमताको आकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरु संग सहकार्य गरि ७०% कोभिड उपचारको लागि छुट्याउने ।

२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने,सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न।

३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि (Inj Remdesevir 100 mg) सरकारले सबै जिल्ला अस्पतालमा पठाउने। सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने।

४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने।

५) आइसियु डकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इकुमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने।

५) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १००% जोखिम भत्ता उपलब्ध गराउने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.