|

काठमाडौं : कांग्रेस सभापति शेर बहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा भ्रम सिर्जना गरिएको प्रति आपत्ति जनाएका छन्। शुक्रबार आफ्नो निवास बूढानीलकण्ठमा कोभिड-१९ को माहामारी रोकथाम र उपचारका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले पछिल्लो समय एमसीसी प्रस्ताव अगाडि लैजानेबारे कुनै छलफल नभएको बताएका हुन्।

आफूले एमसीसी पास गर्ने प्रकिया अगाडि नबढाएको जिकिर गरेका छन्।  'बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको हो। मेरो नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको हो', उनले भने,'एमसीसी एउटा आर्थिक अनुदान हो। यसका माध्यमबाट अमेरिकी सेना नेपालमा आउँछ भन्ने तर्क नै बेकार को हो।'

एमसीसीको रकम ब्याज दिनु नपर्ने भन्दै सभापति देउवाले यो एकदमै ठूलो अनुदान रहेको बताए। पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नयाँ सरकार गठनका बिषयमा सोधेको प्रश्नमा देउवाले संसदमा बहुमत नपुगेको कारण देखाए। पार्टीले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरे पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न संख्या नपुगेको उनले बताए।

देउवाले एक पटक अविश्वासको प्रस्ताव फेल भइसकेपछि अर्को पटक छिट्टै त्यो प्रस्ताव गर्न नमिल्ने भएकाले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीसँग यस बिषयमा कुरा भइराखेको बताए। यस्तै सभापति देउवाले महामन्त्री शंशाक कोइरालाको सुझावअनुसार नै पार्टी केन्द्रीय समिति बैठक स्थगित गरिएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.