|

काठमाडौं : गण्डकी प्रदेशका कास्की,पर्वत,बाग्लुङ,म्याग्दी र मुस्ताङ जिल्लामा शनिबार विद्युत आपूर्ति बन्द हुने भएको छ। सबस्टेसन कार्यका लागि बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द गरिने नेपाल विद्युत​ प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणका अनुसार पोखरा ग्रिड शाखा अन्तर्गत लेखनाथ सबस्टेसनमा एक सय ३२ केभी कार्यका लागि आपूर्ति बन्द गर्न लागिएको हो। निर्धारित समय भन्दा अगावै कार्य सकिएमा पुन: विद्युत सेवा सुचारु गर्ने प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.