|

काठमाडौं : निषेधाज्ञाको तेस्रो दिन आज शनिबार काठमाडौंमा कोरोनाको संक्रमितको संख्या केही घटेको छ। शुक्रबार झण्डै तीन हजार संक्रमित भेटिएको उपत्यकामा आज २४ सय ९५ मा संक्रमण देखिएको हो।

शनिबार काठमाडौंमा १९ सय ३२ जनालाई कोरोना पुष्टि भएको छ। शुक्रबार भने २४ सय ४ जनामा कोरोना देखिएको थियो। आज ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आजै १४ हजार ९ सय ६९ जनाको परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

१४ हजार ४ सय ३ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ६ र ५ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। २४ घण्टामा १२ सय ८७ जना निको भएर घर फर्किएका छन्। 

पछिल्लो तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको मन्त्रालयले जनाएको छ। कूल मृतकको संख्या ३ हजार २ सय ९८ पुगेको छ। मन्त्रालयका अनुसार आज ६७ जना क्वारेन्टाइनमा रहेका छन्।

हालसम्म २४ लाख ८८ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.