|

कालिकोट : आइतबार (आज) देखि कालिकोटमा एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ। विश्वभर फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको निर्णय गरिएको हो।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको शनिबारको बैठकको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो। निषेधाज्ञा बैशाख २६ गते राति १२ बजेसम्म लागू हुने छ। निषेधाज्ञाको पालना गर्न प्रशासनले सबैमा आग्रह गरेको छ।

आदेशमा भनिएको छ,‘कार्यालय संञ्चालन सम्बन्धमा अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा हाललाई बन्द गर्ने र बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी समय तोकी अत्यावश्यक सेवा संचालन गर्ने।’ सवारी साधन संचालन पूर्णरुपमा रोक लगाएको छ।

अत्यावश्यक सेवा खाद्य सामग्री पानी औषधि तथा स्वास्थ्यसँग सम्बन्धित सामान तथा सेवा एम्बुलेन्स दमकल दुध तथा दग्धजन्य पदार्थ फोहोर मैला ब्यवस्थापन बैंक तथा बित्तिय संस्था दुरसंचार इन्टरनेट आइसोलेसन र क्वारेन्टाइनका सवारी साधनहरु स्पष्ट खुल्ने कागजातका आधारमा संचालन गर्न सकिने आदेशमा उल्लेख छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.