|

काठमाडौं : इङलिस प्रिमियर लिग फुटबलमा ग्यारेथ बेलले ह्याट्रिकमा टोटनह्यामले शेफिल्ड युनाईटेडलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ। 

 बेलको खेलको ३६, ६१ र ६९औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै सन हेंग मीनले खेलको ७७औ मिनेटमा अर्को गोल थपेपछि टोटनह्याम ४-० ले विजयी भएको थियो।

यो जितपछि टोटनह्यामको ३४ खेलमा ५६ अंक भएको छ र लिगमा पाँचौ स्थानमा उक्लिएको छ। त्यस्तै शेफिल्डको भने ३४ खेलपछि १७ अंक मात्र रहेको छ र लिगमा पुछारमा रहेको छ।  हारपछि शेल्फिल्डको यस सिजनमा रेलिगेसनमा पर्ने निश्चित भएको छ।

गएराति नै भएको अर्को खेलमा आर्सनलले न्यूक्यासल युनाईटेडलााई दुई शून्यले हराएको छ।       

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.