जाजरकोट : जगदुल्ला गाउँपालिका–४ चौँरीकोट मौरेलेख डोल्पामा चौँरीको बथानले वातावरण नै रमाइलो बनाएको छ। सुरुमा ५३ वटा चौरीबाट सुरु गरिएको यो फारम अहिले चौँरीको संख्या चारसय भन्दा बढी पुगेको छ।
स्थानीयले समूहमार्फत सामूहिक रुपमा सुरु गरेको चाैँरी पालन व्यवसाय बिभिन्न निकायको सहयोगबाट फष्टाउँदै गएको हो। करिब चारहजार मिटरको उचाइमा रहेको मौरे लेखमा (भालु पाटन) व्यवसायिक चौरी पालन फर्मले स्थानीय सरकार र प्रदेश सरकारको संयूक्त लगानीमा चौँरी पालन सुरु गरिएको चौँरी पालन समूहका अध्यक्ष शक्तप्रसाद रोकायले जानकारी दिए।
गाउँपालिकाको एक घर, एक रोजगार कार्यक्रम अन्तर्गत र प्रदेश सरकारको आर्थिक सहयोगमा मौरेलेकमा चारसय भन्दा बढी चौँरीहरु रहेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए। प्रदेश सरकारको ६३ लाख रुपैयाँ र गाउँपालिकाको ३३ लाखमा अघिल्लो वर्षबाट मात्र यो चौँरी फारम सञ्चालना आएको हो।
चौँरीले अहिले बच्चा जन्माएर संख्या थपिएको छ। कर्णाली प्रदेशकै नमुना चौँरी पालन फर्म बनाउने उद्देश्यका साथ काम भइरहेको प्रदेशसभा सदस्या शाहीले जानकारी दिए। पहिलो वर्षमै दुधबाट उच्चस्तरीय छुर्पी उत्पादन गरेर बिक्री सुरु गरेको अध्यक्ष रोकायाले बताए।
‘हामीले गाँउपालिकामै डेरी उद्योग पनि सञ्चालन गरेका छौं। जहाँबाट हरेक दिन कुनै पनि समयमा बाह्रै महिना ताजा दुध, घ्यूउ, नौनी, चुर्पी र दही खान पाइन्छ’ रोकायाले भने। प्रदेश सरकारले नमुना चौरी पालन व्यवसायका लागि दिएको बजेटको सहि सदुपयोग भएको र यो फर्म कर्णाली प्रदेशकै उत्कृष्ट रहेको प्रदेससभा सदस्य शाहीले बताए।
भौगोलिक बनावट पनि मिलेको र स्थानीयहरु पनि निकै सक्रिय रहेकोले व्यवसाय फष्टाउँदै जानेमा निश्चिन्त रहेको स्थानीय सरकारले जनाएको छ। रोकायले भने डेरी उद्योगमा नै सिमित नभएर उत्कृष्ट चौँरीको चिज उद्योग समेत स्थापना गरी स्वदेश तथा विदेशमा निर्यात गर्ने लक्ष्य रहेको जानकारी दिए। हाल एकजना व्यवस्थापक, तीनजना गोठालाले चौँरी फर्म सञ्चालन गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।