|

पर्सा : पर्सामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज कोभिड हस्पिटलमा उपचाररत पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।

बैशाख ७ गते कोराना प्ष्टि भएका ती पुरुष गत शनिबार अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए।

थपिए ११५ नयाँ संक्रमित 

वीरगञ्जको नारायणी अस्पतालमा परीक्षण गराइएका १९२ जनामध्ये ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

उनीहरुमध्ये पर्साका ८७ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए। यस्तै,  बाराका २४ र रौतहटका ४ जना रहेका छन्। संक्रमितमध्ये ८४ जना पुरुष र ३१ जना महिला छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.