|

मकवानपुर : मकवानपुरको हेटौंडामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको कोभिड १९ अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिए। यससँगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

कोरोनाबाट संक्रमितका लागि हेटौंडामा सञ्चालन गरिएको कोभिड वार्ड भरिएको छ। वार्ड सञ्चालनमा ल्याइएको दुई दिनमै भरिएपछि थप व्यवस्थापनमा लागिपरेको डा. काफ्लेले बताए। दोस्रो लहरमा कोरोना संक्रमणका बिरामीको स्वास्थ्यमा विगतमा भन्दा जटिल बन्न थालेकाले बिरामी अस्पतालमा आउन थालेको उनको भनाइ छ।

हेटौंडा अस्पतालमा भेन्टिलेटरसहित ६ शय्याको आइसियु र २४ शय्याको एचडियु रहेको छ। अस्पतालमा तराईका जिल्लाबाट पनि उपचारका लागि आउनेको गरेको डा. काफ्ले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.