बुधबार फेरि ल्याइँदै

|

काठमाडौं : कोभिड १९ संक्रमित बिरामीहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर वितरण गरिएको छ। 

मंगलबार अपराह्न राजधानी आइपुगेको सो औषधि मुलुकभरका ५० वटा स्वास्थ्य संस्थालाई २ हजार ४ सय ९ र सोझै बिरामीलाई २०० भाइल वितरण गरिएको औषधि व्यवस्था विभागले जनाएको छ। 

रेम्डिसिभिरको अधिकांश वितरण राजधानी केन्द्रित भए पनि बुधबार आउने ४ हजार भाइल राजधानी बाहिर पठाइने विभागले जनाएको छ। 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज १३५, नेपाल प्रहरी अस्पताल १०८, ग्रान्डी ५४, चियायु नेशलन ५४, केडिसी २७, भक्तपुर हस्पिटल २७, मध्यपुर हस्पिटल १२, ह्याम्स हस्पिटल १०८, बीएण्डबी ५४, नर्भिक ५४, टेकु अस्पताल १०८, काठमाडौं मेडिकल कलेज ५४, हेल्पिङ ह्यान्डस् सामुदायिक हस्पिटल २७, ओम हस्पिटल ५४, निदान हस्पिटल ५४, मेडिकेयर ५४, बयोधा १२, ग्रिनसिटी ५४, खांग्री १२, मनमोहन मेमोरियल २४, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र १२, नेपाल आर्मी हस्पिटल ५४ भाइल उपलब्ध गराइएको छ।

त्यस्तै सशस्त्र प्रहरी अस्पताल ५४, सुमेरु सिटी १८, मेडिप्लस १२, कोरियन मैत्री १२, शिर मेमोरियल १२, वीर अस्पताल ५४, मेडिसिटी १०८, नेपाल मेडिकल कलेज १२, पाटन हस्पिटल ५४, स्टार हस्पिटल १२, मेघा हस्पिटल २७, निजामती अस्पताललाई १०८ भाइल उपलब्ध गराइएको छ।

नेपाल नेसनल हस्पिटल ५४, नारायणी उपक्षेत्रीय अस्पताल ५४, भरतपुर १८, फिस्टेल हस्पिटल पोखरा २७, कीर्तिपुर हस्पिटल २७, दीर्घायु गुरु हस्पिटल २७, काठमाडौं मोडेल हस्पिटल २७, लुम्बिनी लुम्बिनी प्रादेशिक अस्पताल १०८, युसिएमएस ५४, राप्ती उपक्षेत्रीय अस्पताल ५४, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर १०८, स्वास्थ्य सेवा विभाग १०८, सिविक हस्पिटल २७, शहीद मेमोरियल हस्पिटल २७, विपी स्मृति हस्पिटल २७, नेपाल भारत मैत्री हस्पिटललाई पनि २७ भाइल वितरण गरिएको छ। २०० भाइल सीधै बिरामीलाई उपलब्ध गराइएको छ।

वितरण गरिएको रेम्डिसिभिर औषधि व्याक्सिमो फर्मास्युटिकल्स प्रालि नामक बंगलादेशको कम्पनीबाट 'हाम्रो मेडी कन्सर्न प्रालि'ले आपूर्ति गरेको हो।

बंगलादेशकै इन्सेप्टा कम्पनीको ४ हजार भाइल रेम्डिसिभिर औषधि भित्रिने छ। औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइलभन्दा बढी रेम्डिसिभिर औषधि आपुर्तिका लागि विभिन्न आयातकर्तालाई अनुमति प्रदान गरिसकेको जनाएको छ। 

भारतबाट निर्यात प्रतिबन्ध भएका कारण यो औषधि आपूर्तिमा असहज भएको थियो। अहिले बंगलादेशको हेल्थकेयर, एसिआइ, इन्सेप्टा, बेकोन र व्याक्सिमो फर्मास्युटिकल्सका उत्पादन आपूर्ति गर्न विभागले स्वीकृति प्रदान गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.