|

दाङ : घोराही उपमहानगरपालिका–४ घोराही ओइरेनीमा जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

घोराही–कमेरेचौर सडक खण्डअन्तर्गत ओइरेनीमा मंगलबार राति दुर्घटना भएको हो। तर, घटनाबारे विहान जानकारी पाएको प्रहरीले जनाएको छ। रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको जिप सडकदेखि करिब  ८०० मिटर तर खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गाडी चालक घोराही–१३ का विष्णु गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो। यस्तै, तुलसीपुर उपमहानगरपालिका–४ का ३५ वर्षीय राजकुमार थापा र तुलसीपुर–१६ का २३ वर्षीय वसन्त भण्डारी घाइते भएको छन्। उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। घाइतेको बिहान मात्र उद्धार गरिएको हो।

यस्तै, पिकअप गाडीको ठक्करबाट लमही नगरपालिका–७ का २७ वर्षीय विशाल योगीको घटनास्थलै मृत्यु भएको छ। मंगलवार साँझ करिब साढे ५ बजेतिर  लमही–८ उचानिम्वुस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ५ च ५८६ नम्बरको गाडीले पैदल हिँडिरहेका योगीलाई ठक्कर दिएको थियो। गाडी र चालकलाईे नियन्त्रण लिइ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.