|

काठमाडौं : सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन सुरू गरिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बेलुका ५ बजेसम्म बुधबार र बिहीबार गरी दुई दिन स्वाब संकलन हुने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

बुधबार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिँदै छ। भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने प्रवक्ता पाण्डेले जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न चाहेको जनाउँदै यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।

प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नसक्ने संवैधानिक प्रवधान छ।

२७ गतेको संसद अधिवेशनलाई सबैतिरबाट चासोका साथ हेरिएको छ।

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.