|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि एमालेका नेताहरू बाहिरिएका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका थिए। 

एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुबास नेम्बाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए। 

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलले गठबन्धन बनाएपछि ओली पार्टीका नेताहरूलाई लिएर देउवा निवास पुगेका थिए। 

यस्तै कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य रमेश लेखकलगायत सहभागी थिए। बैठकमा कोरोना नियन्त्रण र सरकारले जारी गरेको अध्यादेशबारे छलफल भएको बैठकपछि कांग्रेस नेता महतले जानकारी दिए। वार्ता सौहार्दपूर्ण भएको उनले बताए। 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वानसमेत भइसकेको छ।

तर, कांग्रेसले मंगलबार मात्र प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो। ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय कांग्रेसले लिएको भोलिपल्ट प्रधानमन्त्री बुढानिलकण्ठ पुगेका हुन्।  

यता, नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ। यस्तो परिस्थितिमा यो बैठक अर्थपूर्ण मानिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.