|

जनकपुरधाम : प्रदेश २ को विभिन्न जिल्लाहरूमा कोरोना संक्रमित संख्या बढेर ३ हजार ४ सय ९५ पुगेको छ।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयको अनुसार बुधबारसम्म सक्रिय संक्रमितमध्ये ३ हजार ३ सय ९ जना होम आइसोलेसनमा र १ सय ८६ जना संस्थागत आइसोलेसनमा छन्। 

विवरणअनुसार सबैभन्दा बढी पर्सामा सक्रिय संक्रमित छन्। पर्सामा होम आइसोलेसनमा १ हजार ६ सय २ जना तथा संस्थागत आइसोलेसनमा १ सय २४ छन्।

यसैगरी धनुषामा सक्रिय संक्रमति संख्या ६ सय ९२ छ। जसमध्ये होम आइसोलेसनमा ६ सय ६४ जना तथा संस्थागत आइसोलेसनमा २८ जना छन्। 

बारामा सक्रिय संक्रमित संख्या ३ सय ४२ छ। जसमध्ये ३ सय २६ जना होम आइसोलेसनमा र १६ जना संस्थागत आइसोलेसनमा छन्। त्यसैगरी महोत्तरीमा २ सय ६३ जना र रौतहटमा १ सय ८३ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन्। 

सप्तरीमा पनि १ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने सिरहामा १ सय १४ जना छन्। जसमध्ये १८ जना संस्थागत आइसोलेसनमा र ९६ होम आइसोलेसनमा छन्। 

सर्लाहीमा सबैभन्दा कम १६ जना कोरोनाका सक्रिय संक्रमित रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा हालसम्म २ सय ३९ जना कोरोनाका संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कोरोनाका संक्रमण दर सरदर रुपमा प्रदेश २ मा ४० देखि ५० प्रतिशत रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख डा. श्रवण कुमार मिश्रले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.