|

सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। बुधबार गरिएको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा बितेको २४ घण्टाको अवधिमा ४९७ जनामा संक्रमण पुष्टि भएको हो। 

कर्णालीका विभिन्न प्रयोगशालामा गरिएको ४४३ जनाको पिसिआर परीक्षणमा २६६ जना र ६०४ जनाको एन्टिजेन विधिबाट २३१ जनामा कोरोना पुष्टि भएको कर्णालीमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

यस्तै २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भने हालसम्म कर्णालीमा मृत्यु हुनेको संख्या ६५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई जितेर १९ जना घर फर्किएका छन्। योसँगै कर्णालीमा हालसम्म ७ हजार ७०९ जनाले कोरोना जितेका छन्। 

निर्देशनालयका निमित्त प्रमुख डा.रविन खड्काका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परिक्षणमा २२१ जना, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा ३३ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा १२ जना गरि जम्मा २६६ जनामा कोरोना पुष्टि भएको छ। जसमा १५७ जना पुरुष र १०९ जना महिला छन्। 

यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा जिल्लागत आधारमा सुर्खेतका ८७, दैलेखका १४, जाजरकोटका १४, सल्यानका २२, रुकुमपश्चिमका ५४, कालिकोटका १३,  हुम्लाका ८, मुगुका १८ र डोल्पा जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ९१ जना महिला र १४० जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

हाल कर्णालीमा २७८५ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्। जसअन्तर्गत सुर्खेतमा १५५१ जना, दैलेखमा २६८ जना, जुम्लामा १० जना, कालिकोटमा १६५ जना, जाजरकोटमा २०८ जना, सल्यानमा ३०८ जना, रुकुमपश्चिममा २०१ जना, हुम्लामा १६ जना, मुगुमा २५ जना र डोल्पामा ३३ जना गरी जम्मा २७८५ जना कोरोनाका बिरामी भएको डा खड्काले जानकारी दिए। हाल उनीहरू विभिन्न अस्पताल तथा होम आइसोलेसनमा छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.