|

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोपको प्रतिलिपि अधिकारमा छुट दिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को प्रस्तावमा अमेरिकाले समर्थन जनाएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले डेमोक्रेटिक सांसद र १ सयभन्दा बढी अन्य देशको दबाबपछि डब्लुएचओको प्रस्तावमा अस्थायी समर्थन दिएका हुन्। राष्ट्रपति बाइडेनले बौद्धिक सम्पदाको सुरक्षाका लागि अमेरिका दृढ रहेको भन्दै कोरोना महामारीपछि पुनः यो अधिकारका लागि आफूले पहल लिने बताएका छन्।  तर अमेरिकाको समर्थनपछि पनि खोप उत्पादक कम्पनीहरु भने सहमत भइसकेका छैनन्। 

भारत र दक्षिण अफ्रिकालगायतका देशले खोपको प्रतिलिपि अधिकारका कारण पर्याप्तमात्रामा खोप उत्पादन गर्न नसकिएको बताएका थिए। उनीहरुको यो मागलाई डब्ल्युएचओले समर्थन गर्दै औषधि उत्पादक तथा अमेरिकासँग प्रतिलिपि अधिकार छुटको माग गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.