|

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारण बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिएको दाबी गरेका छन्।

बिहीबार उनले सामाजिक सञ्जालमार्फत कोरोनाको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सहयोगको लागि अपिल पनि गरेका छन्।

'अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिएको छ। कोभिडको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सम्बन्धित सबैले सहयोग गरौँ,' उनले लेखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.