|

दाङ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीले कोरोना संक्रमणका नयाँ बिरामीलाई भर्ना नलिने भएको छ। अक्सिजन अभावको कारण देखाउँदै अस्पतालले नयाँ संक्रमितको भर्ना नलिने जनाएको हो।

अस्पतालका व्यवस्थापक दोर्ण वलीले अक्सिजन अभावले गर्दा नयाँ संक्रमितको भर्ना नलिने जानकारी दिए। अस्पतालमा हाल एकसय बेड सञ्चालन भइरहेपनि अहिले ५७ जना कोरोना संक्रमित उपचाररत छन्।

उनले अस्पतालमा अक्सिजनको सहज र प्रयाप्त उपलब्धता नभएकोले कसैले पनि संक्रमितलाई भर्नाको लागि सिफारिस र दबाब नगरी दिन समेत अनुरोध गरेका छन्। उनले भने,‘अब थप संक्रमितलाई भर्ना गर्नु भनेको उपचाररत संक्रमितहरुको ज्यान जोखिममा पार्नु हो ? यसका लागि १० औंला जोडेर बिन्ति छ।

अब भर्नाको लागि सिफारिस र दबाब नदिनुहोला।’ उनले बेडको लागि धेरैको फोन आउने भएकाले  मोबाइल अफ गर्नुपर्ने बाध्यता भएको सुनाए।

त्यसैले प्रयाप्त र सहज अक्सिजन उपलब्ध नहुँदा सम्म थप संक्रमित भर्ना गर्न नसकिने भन्दै वलीले अक्सिजनको व्यवस्थाका लागि दाङका मन्त्री , पूर्वमन्त्री, सांसद, पार्टीका नेता, समाजसेवी सबैमा आग्रहसमेत गरे। त्यस्तै अस्पतालमा बुधबार बिहान र राति गरी चार जनाको ज्यान गएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.