|

काठमाडाैं : राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको र यसमा उधारो सम्झौता पनि हुन नसक्ने नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले लेखेकी छन्। आज फेसबुकमार्फत उनले युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्युको बराबर सम्भावना हुने लेखेकी छन्। 

राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो सम्झौता पनि हुनसक्दैन। युद्धमा होमिएका क्रान्तिकारीहरूका...

Posted by Ramkumari Jhakri on Friday, May 7, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने बताइरहँदा नेकपा एमालेका दोस्रो तहका नेताहरूको भेटघाट पनि बाक्लिएको छ। एमाले माधव समूहकी नेत्री झाँक्री पछिल्लो समय प्रधानमन्त्री ओलीविरुद्ध निकै कठोर रूपमा प्रस्तुत हुँदै आएकी छन्।

यद्यपि नेपाल समूहका नेताहरूले भने ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर गरेका छन्। तर यसबारे निर्णय भने भइसकेको छैन। 

झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने पनि लेखेकी छन्। 

यसअघि पनि उनले ओलीप्रति लक्षित गर्दै 'हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।' भनी सामाजिक सञ्जालमा लेखेकी थिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.