|

झापा : मोटरसाइकलको ठक्करबाट झापामा एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ४७ वर्षीय दीपक नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

नेपाल बुद्ध शान्ति गाउँपालिकामा कार्यरत सहायकस्तर चौथो तहका कर्मचारी थिए। प्रहरीका अनुसार बुद्धशान्ति १ शान्ति चौकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको होन्डा कम्पनीको मोटरसाइकलले शुक्रबार राति करिब साढे ८ बजेको समयमा सडकमा हिँडिरहेका नेपाललाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याएको र उनको उपचारको क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यता, ठक्कर दिने नम्बर नखुलेको मोटरसाइकलको खोजी कार्य भइरहेको डिएसपी थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.