|

बाँके : भेरी अस्पतालमा शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना नेपालगन्ज उपमहानगरका छन् भने एक जना जानकी गाउँपालिकाका हुन् ।

डीसीसीएमसी बाँकेका फोकलपर्सन तेज वलीका अनुसार बैशाख १९ गते भर्ना भएका नेपालगन्ज ४ का ५८ वर्षीय पुरुषको बिहान ९ बजे मृत्यु भएको छ भने २३ गते भर्ना भएका जानकी ३ की ५५ वर्षीया महिलाको साढे १० बजे र १८ गते भर्ना भएका नेपालगन्ज २ का ७४ वर्षीय पुरुषको पनि विहान साढे १० बजे नै मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा मृत्युदर बढेको छ । गएराती मात्र ५ जनाले सोही अस्पतालमा ज्यान गुमाएका थिए । यो जिल्लामा मृत्यु हुनेको संख्या १ सय ७७ पुगेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.