|

रुकुम (पूर्व) : घरबाट बाख्रा चराउन गएका रुकुम पश्चिमका एक किशोरको तालमा डुबेर मृत्यु गएको छ।

शनिबार रुकुम पश्चिम सानीभेरी गाउँपालिका–११ पेदिखोलाका १५ वर्षीय रुपलाल खड्काको तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। खड्काको सिम्ली खोलाको अधेरे भन्ने स्थानमा रहेको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

मृतक रुपलाल तालमा पौडी खेल्न गएको र धेरै समयसम्म बाहिर नआएपछि उनीसँगै गएका साथीले आफन्तलाई खबर गरेका थिए। आफन्त गएर तालबाट उनको शव निकालेका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.