|

काठमाडौं : मोरङको ग्रामथान गाउँपालिकाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको शनिबार राति १०:१५ बजे मृत्यु भएको हो।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार वैशाख १५ गते अस्पतालमा भएका ती पुरुषमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती पुरुषमा कुनै दीर्घरोग नरहेको अस्पतालले जनाएको छ। शव व्यवस्थापनको तयारी भइरहेको डा. पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.