|

ओखलढुङ्गा : खिजीदेम्बा गाउँपालिकामा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ। शनिबार राति भएको कुटपिटबाट वडा नम्बर १ आरुबोटेका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो।

कुटपिट गरेको आरोपमा ५० वर्षीय प्रेमबहादुर सुनुवारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए।

मादक पदार्थ खाएपछि खड्का र सुनुवारबीच कुटाकुट भएको र सोही क्रममा खड्काको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। खड्काको घरमा नै कुटपिट भएको हो। सुनुवार पनि सामान्य घाइते  छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.