|

सुर्खेत : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप दुईसय १० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्।

होम आइसोलेशन र अस्पतालका आइसोलशनबाट डिस्चार्ज हुनेमा सुर्खेतका एकसय २६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुम पश्चिमका आठ, डोल्पाका चार र जुम्लाका दुईजना छन्।

शनिबार मात्रै दुईसय ४६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका थिए। आइतबारसम्म प्रदेशका विभिन्न जिल्लाका विभिन्न आइसोलेसनमा रहेकाको कुल संख्या तीन हजार आठसय ८२ जना छन्।

यीमध्ये होम आइसोलेसनमा तीनहजार पाँचसय ७० र अस्पतालका आइसोलेसनमा तीनसय १२ जना छन्। कर्णालीमा पछिल्लो २४ घण्टामा गरिएको दुईसय ११ जनाको परीक्षणमा एकसय ७१ जनामा कोरोना पुष्टी भएको छ। यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ८६ पुगेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.