|

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएको छ। 

आइतबार साँझ बसेको उक्त समूहका सांसदहरूको बैठकले पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन भन्दै ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो।

तर, ९ बजेसम्म ओली पक्षबाट कुनै सकारात्मक पहल नभएकाले अब राजीनामा दिनु नै आफूहरूको अन्तिम विकल्प हुने उक्त समूहका सांसदहरूले बताएका छन्‌।

नेपाल समूहकी सांसद पवित्रा निरौला खरेलले संसदहरू संसद सचिवालय सिंहदरबारमा भेला भइरहेको बताइन्। सांसदहरू आउने क्रम जारी रहेकाले छलफल गरेपछि के गर्ने भन्ने टुंगो लाग्ने उनको भनाइ छ। 

प्रधानमन्त्रीसमेत रहेका ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। नेपाल-खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिए प्रधानमन्त्री ओली अल्पमतमा हुनेछन्।

यस्तोमा ओलीले विश्वासको मत पाउने छैनन् र पदमुक्त हुने अवस्था निम्तनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.