|

काठमाडौं : प्रधानमन्त्री ओली सरकार अल्पमतमा परेपछि  विपक्षी दलहरु नयाँ सरकार गठनमा लागेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका सम्बन्धमा दलहरुसँग संवाद गर्न आफ्नै निवासमा  दलका नेताहरुलाई छलफलका लागि बोलाएका छन्।

दिउँसो २ बजे नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी र जसपाका शीर्ष नेतालाई बुढानिलकण्ठमा बोलाइएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि बहुमतको नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० सम्मको समय दिएकी छन्। 

माओवादी केन्द्र र नेपाली कांग्रेसले नयाँ सरकार गठनको कसरत गरे पनि जसपाको एउटा समूह तयार भइसकेको छैन।  उपेन्द्र यादव समूह नयाँ सरकार बनाउन तयार भए पनि महन्थ ठाकुर समूह तयार नभएको हो।

ठाकुरले नयाँ सरकार बनाउने कसरतमा आफू नलाग्ने घोषणा गरेका छन्। जसपाका सबै सांसदहरु नयाँ सरकार गठनको पक्षमा नउभिए विपक्षी गठबन्धनलाई सत्तामा जान बहुमत पुग्ने देखिएको छैन।

नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि नयाँ सरकारका लागि निर्णायक देखिएको छ। नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको छैन्। अध्यक्ष केपी शर्मा ओलीले कारवाही गर्ने भने पनि अहिलेसम्म ओली समूहले कारवाही गरेको छैन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.