|

काठमाडौं : कालीमाटीस्थित खुद्रा तरकारी पसल बिहीबारदेखि बन्द गरिने भएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले कोरोना संक्रमण जोखिम बढेकाले यस्तो निर्णय गरेको जानकारी दिए।

उनका अनुसार अहिले भने पसलका तरकारी सार्न समय दिइएको छ। ‘कालीमाटीको तरकारी बजार बन्द हुँदैन, त्यहाँ भएको खुद्रा तरकारी पसलहरूमा धेरै भीडभाड हुने भएकाले ३० गतेबाट बन्द हुँदैछ।’

उनका अनुसार ठूला परिणामको तरकारी पसल मात्र सञ्चालन गर्न दिइनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी राखुन्जेलसम्म ती पसल बन्द हुने भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.