|

इलाम : कोरोना संक्रमणबाट इलाममा थप एकजनाको मृत्यु भएको छ। आज माईजोगमाई गाउँपालिका–५ का ९४ वर्षीय वृद्धको मृत्यु भएको हो।

गत बैशाख १३ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको उनमा बैशाख १४ गते कोरोना देखिएको थियो। उपचारको लागि झापाको भद्रपुरस्थित मेची अञ्चल कोभिड अस्पतालमा राखिएको वृद्धको आज मृत्यु भएको माईजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए।

यसअघि इलाम नगरपालिकाका तीन र चुलाचुली गाउँपलिकाका दुईजनाको कोरोनाबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए। इलाममा हाल ११५ पुरुष र ७७ महिला गरी १९२ जनामा संक्रमण पुष्टि भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.