|

सोलुखुम्बु : सदरमुकाम सल्लेरीमा व्यवसाय गरी बस्ने एक युवकको कोरोनाका कारण मृत्यु भएको छ। पाँचथर घर भई सोलुखुम्बुमा तरकारी र ग्यारेजसमेत सञ्चालन गरी बसेका ३८ वर्षीय संक्रमितको बिहीबार बिहान मृत्यु भएको जिल्ला अस्पताल फाप्लुले पुष्टि गरेको छ।

अक्सिजनको काम भएपछि उनलाई भेण्टिलेरसहितको उपचार आवश्यक परेकाले रिफर गरिएको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिइन्। बुधबार रेफर गरिएका उनलाई थप उपचारको लागि झापा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको शेर्पाले बताइन्।

जिल्ला अस्पताल फाप्लुमा उपचारका लागि गएका उनी ६ दिन घरैमा औषधि सेवन गरेर बसेको बुझिएको छ। उनको शवलाई अहिले सल्लेरीतर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवलाले जानकारी दिए।

सोलुखुम्बुमा १४९ संक्रमित

सोलुखुम्बुमा कुल संक्रमितको संख्या १४९ पुगेको छ। शंकास्पद लक्षण देखिएका र कन्ट्रायाक ट्रेसिङमा परेकाहरुको स्वाब परीक्षण गर्दा ३० जनाको पोजेटिभ आएसँगै जिल्लामा संक्रमितको संख्या १४९ पुगेको हो। कोरोना पोजेटिभ देखिनेहरुमा नेचा सल्यान गाउँपालिकाका २ जना र बाँकी सोलुदुधकुण्ड नगरपलिकाका रहेका छन्। 

       सोमबार ११९ जनाको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला बिराटनगर पठाइएको थियो। उनीहरुको रिपोर्ट आज मात्रै प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माले जानकारी दिए। मृत्यु भएका युवकको पनि आजै रिपोर्ट आएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.