|

काठमाडौं : नेपाली सेनाले सगरमाथामा मानव कंकाल फेला पारेको छ। 

नेपाली सेनाको नेतृत्वमा चलिरहेको ‘सफा हिमाल अभियान–२०२१’ अभियान अन्तर्गत सगरमाथा सफाइ क्रममा मानव कंकाल फेला परेकाे सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

२८ वैशाखमा दोस्रो क्याम्पमा दायाँ हात र बायाँ पाखुरा भेटिएको हो। दोस्रो क्याम्पमा भेटिएको मानव कंकाल हेलिकोप्टरमा लुक्ला पठाइएको छ। 

त्यसलाई व्यवस्थापन गर्ने थप प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय, लुक्लालाई बुझाएको सेनाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.