|

(गुरमुरत यादव)

बाँके : बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण बाँकेमा थप ११ जनाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भेरी अस्पताल नेपालगन्ज र आर्मी अस्पताल नेपालगन्जमा फरक-फरक समयमा गरी थप ११ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बाँकेका ६ जना, बर्दियाका ३ जना र सल्यान र सुर्खेतका १-१ जना छन्।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीका अनुसार मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका–७ का ४४ वर्षिय पुरुष, मोतिपुर–८ सुर्खेतका ५३ वर्षिया महिला र कोहलपुर नगरपालिका–११ का ४१ वर्षीया महिला छन्।

नेपालगन्ज ७ का ४४ वर्षीय पुरुष र कोहलपुर ११ का ४१ वर्षीया महिलाको मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै, मोतिपुर–८ सुर्खेतका ५३ वर्षीया महिलाको सैनिक अस्पताल नेपालगन्जमा मृत्यु भएको हो।

उनको स्वास्थ्यमा समस्या आएपछि बैशाख २७ मा कोभिड परीक्षणका लागि स्वाब लिइएको थियो। वैशाख ३० मा कोभिड संक्रमण पुष्टि भएका उनको शनिबार ९ : ०५ बजे मृत्यु भएको हो।

 यस्तैगरी, मृत्यु हुनेमा भेरी अस्पतालमा उपचाररत कोहलपुर ४ का ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका १ बर्दियाका ४६ वर्षीय पुरुष, ठाकुरबाबा १ बर्दियाकी ३४ वर्षीया महिला, नेपालगन्ज १९ का ३९ वर्षीय पुरुष र  बनगाड कुपिण्डे ४ सल्यानकी ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ।

त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ २ बाँकेकी ३७ वर्षीया महिला, कोहलपुर ९ बाँकेका ६१ वर्षीय पुरुष र गुलरिया १० बर्दियाका ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

यस्तै, मृत्यु हुनेमा एकजना ५ महिनाकी गर्भवतीसमेत छन्। ठाकुरबाबा–१ बर्दियाका ३४ वर्षिया गर्भवतीले कोभिड संक्रमणकै कारण ज्यान गुमाएको बर्दियाका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

  वैशाख २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ वैशाखमा थप उपचारका लागि भेरी अस्पतालमा भर्ना भएकी उनको बिहान २:५८ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका १७६ जना र जिल्लाकै २३१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.