|

काठमाडौं : तीन महिनादेखि जापानमा उपचाररत रहेकी कांग्रेस नेतृ तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती डाक्टर  आरजु  देउवा राणाले आफू अस्पतालबाट ३ महिनापछि डिस्चार्ज भए पनि स्वदेश फर्किन नपाएको बताएकी छन्। 

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले नेपालमा कोरोनाविरुद्धको लडाइँमा खटिएका स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापक, अस्पताल कर्मचारी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई धन्यावाद दिएकी छन्। उनले कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना पनि गरेकी छन्। नेतृ देउवाले कोरोनाविरुद्धको लडाइँमा आफूले सक्ने जति सहयोग गर्ने र गरिरहेको समेत बताएकी छन्।

 

डाक्टर देउवाको जटिल अप्रेशन भएको थियो। तर, कोरोना महामारीका कारण नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि उनी जापानमै अड्किएकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.