|

बैतडी : कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा लागू गरिएको निषेधाज्ञाको पहिलो चरण आइतबारदेखि सकिएको छ।

संक्रमणको दर नरोकिएपछि निषेधाज्ञा १७ गतेसम्म लम्ब्याएको छ। बैशाख २० गतेदेखि जारी निषेधाज्ञाका कारण जिल्लाका सबै बजार क्षेत्रहरु सुनसान छन्।

बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्न, फलफूल र तरकारीका पसल खोल्न दिइए पनि बाँकी समय सबै क्षेत्र सुनसान छ। जिल्ला सदरमुकाम गोठालापानी, शाहिलेक देहिमाडौं, मुस्याचौर, सतबाँझ, धर्मघर, सिल्लेगडा, खोचलेक, पाटन, खोडपेलगायतका बजारहरु सुनसान छन्।

अत्यावश्यक काम बाहेक मानिसहरुले घरबाहिर निस्कन छोडेका छन्। जिल्लामा हाल आठ सय बढी कोरोनाका सक्रिय संक्रमित छन् भने ११ जनाको मृत्यु भइसकेको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.