|

जनकपुरधाम : मिथिला नगरपालिकाको एउटै वडामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाका सबै सेवा भोलि बिहीबार देखि बन्द गर्ने निर्णय गरेको छ। 

वडा नम्बर ११ लोटा गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए।

कोरोना संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो।

त्यसमध्ये मंगलबार आएको रिपोर्टमा ४६ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका अधिकृत डङ्गोलले बताए। 

संक्रमितमध्ये जटिल देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको बुझिएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य छ। सामान्य अवस्थाका कोरोना संक्रमितहरू अहिले होम आइसोलेसन रहेको बताइएको छ। संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस गाउँमा खटाइएको अधिकृत डङ्गोलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.