|

काठमाडाैं : सहरी विकास मन्त्री प्रभु साहले गृहजिल्ला रौतहटसहित प्रदेश-२ को लागि अक्सिजनसहित विभिन्न स्वास्थ्य सामग्री पठाएका छन्। 

कोरोना संक्रमण दर बढेसँगै स्वास्थ्य सामग्री अभाव देखिएपछि मन्त्री साहले आफ्नो व्यक्तिगत तर्फबाट प्रदेश-२ का लागि अक्सिजन, मास्क, पिपिई, ग्लोब्स, अक्सिमिटर लगायतका सामाग्री पठाएका छन्।

साहले पठाएका ३० ओटा अक्सिजन सिलिण्डर, २५ लिटर सेनिटाइजर, ५ हजार ओटा मास्क, २५ ‌ओटा अक्सोमिटर, २५ सेट पीपीई, ५ बक्स ग्लोब्स बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गराइएको छ। अरु जिल्लामा पनि क्रमशः वितरण गरिने साहको सचिवालयले जनाएको छ। 

भोलि (शुक्रबार) मन्त्री साहको निर्वाचन क्षेत्रमा पर्ने ६ वटै नगरपालिकालाई १० ओटा अक्सिजन सिलिण्डर, ५ लिटर सेनिटाइजर, १ हजार ओटा मास्क, १५ ‌ओटा अक्सोमिटर, १५ सेट पीपीई, ३ बक्स ग्लोब्स उपलब्ध गराउने योजना रहेको साहको सचिवालयले जनाएको छ।

साहको निर्वाचन क्षेत्र, रौतहट-३ मा कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, मौलापुर नगरपालिका, गरुडा नगरपालिका तथा देवाही गोनाही नगरपालिका पर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.