|

काठमाडाैं : राष्ट्रिय सभा उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउनेलाई कारबाही गर्न एमाले नेतृ नवीना लामले माग गरेकी छन्। 

आज भएको उपनिर्वाचनमा बादल एमालेकै डा खिमलाल देवकोटासँग पराजित भएपछि एमाले सांसदसमेत रहेकी सांसद लामाले यसलाई 'महाअपराध' र अन्तर्घात भएको फेसबुकमा लेखेकी छन्। 

पार्टीमा अन्तर्घात भएको र यसलाई बादलको हार नभई पार्टीको हार भएको लेखेकी छन्। उनले लेखेकी छन् - अन्तरघात महाअपराध हो होशियार १११ क। बादलको हार होईन पार्टी हार हो । यसरी पार्टीको निर्णयविरुद्ध लाग्ने नेताहरूलाई तत्काल करवाहिको माग गदछु।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.