|
फाइल तस्वीर

काठमाडौँ : सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय आरोही जोसुआ चेरियटको किरुईकोको मृत्यु भएको छ।

पर्यटन विभागका अनुसार विना अक्सिजन सगरमाथा आरोहणका क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो। बुधवार राति सगरमाथा चुचुरोनजिकै (८ हजार ८३० मिटर) उनी मृतावस्थामा भेटिएका थिए।

मे १८ तारिखका दिन नेपाली गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ गएका थिए।

उनी मे २० मा तेस्रो शिविर पुगेका थिए। मे २१ मा चौथो शिविर पुगेका उनीहरु मे २२ (बुधवार) विहान सगरमाथा चुचुरोतर्फ लागेका थिए।

आरोही र सहयोगी सगरमाथानजिकै पुगे पनि आरोहण गरे/नगरेको यकिन नभएको समेत विभागले जनाएको छ। 

बुधवार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले ४ जना अनुभवी पर्वतीय पथप्रदर्शक परिचालन गरी क्याम्प-२ भन्दा माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो। 

सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो। सहयोगी शेर्पाको अवस्थासमेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.